
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११६ क्षेत्रमा विजयी भएको छ । आइतबार दिउँसोसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ९ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५० स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा (एमाले) सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी हुनुभएको छ भने दुई स्थानमा अग्रता लिएका छन् । यस्तै, श्रम संस्कृति पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ ।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ मतगणना जारी छ । आयोगका अनुसार रास्वपाले हालसम्म १७ लाख १६ हजार ७९९, नेपाली कांग्रेसले ५ लाख ८२ हजार ३८७, नेकपा (एमाले)ले ४ लाख ८८ हजार १०४ र नेपाली कम्युनिष्ट पार्टीले २ लाख ३३ हजार ५८२ मत प्राप्त गरेका छन् । राप्रपाले भने १ लाख २६ हजार ८० मत प्राप्त गरेको आयोगले जनाएको छ ।
विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो