
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । उहाँले १० हजार ६५६ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले जानकारी दिनुभयो ।
आचार्यका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गर्दै दोस्रो हुनुभयो भने नेकपा (एमाले)का प्रेम तामाङले चासर हजार ६८८ मत प्राप्त गरी तेस्रो हुनुभयो ।
उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले एक हजार ४५३, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद लामिछानेले ९५३, नेशनल मंगोल अर्गनाइजेसनका विनोद थिङले ४७४, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरेले ६०, नेकपा (माओवादी विप्लव) का होमप्रसाद आचार्यले ५० मत तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका दावा साङ्मो तामाङले १० मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार चित्रकुमारी देवकोटाले १२, सागर लामाले ११ र मिङ्मर तामाङले तीन मत प्राप्त गर्नुभयो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आचार्यले रसुवाको समग्र विकासलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले तत्काल आवश्यक योजनाहरू पहिचान गर्दै क्रमिक रूपमा जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै धुञ्चे–गोसाइँकुण्ड केबुलकार तथा नौकुण्ड खानेपानी आयोजना निर्माणमा निकुञ्जका नीति–नियमका कारण देखिएका अवरोधलाई आवश्यक परिमार्जनमार्फत समाधान गर्दै योजनाहरू अगाडि बढाइने उहाँको भनाइ छ ।
आचार्य यसअघि पनि रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । उहाँले २०७४ सालको निर्वाचनमा १४ हजार ४५३ र २०७९ सालमा १८ हजार २३५ मत प्राप्त गर्नुभएको थियो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह