
काठमाडौँ । यहाँस्थित बङ्गलादेशको दूतावासमा शहीद दिवस तथा अन्तरराष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सो अवसरमा दूतावास परिसरमा आज विचार–गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विश्वका विभिन्न क्षेत्रको भाषिक विविधता र सांस्कृतिक सम्पदालाई झल्काउने प्रस्तुति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा काठमाडौँस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिज्ञ, अन्तरराष्ट्रिय संस्थाका प्रतिनिधि, सार्क सचिवालयका प्रतिनिधि, इसिमोडका पदाधिकारी, भाषाविद्, शिक्षाविद्, बङ्गलादेश विमानका अधिकारी, बङ्गलादेश क्लब, नेपाल–बङ्गलादेश मैत्री सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाली व्यवसायी तथा नेपालस्थित बङ्गलादेशी समुदायका सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रमका क्रममा नेपालस्थित कूटनीतिक समुदायले दूतावास परिसरमा स्थापित शहीद मिनारमा पुष्पचक्र अर्पण गर्नुभएको थियो । यस विशेष अवसरमा बङ्गलादेशका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा परराष्ट्र राज्यमन्त्रीद्वारा जारी सन्देश दूतावासका अधिकारीहरूले वाचन गर्नुभएको थियो । सो अवसरमा बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले सन् १९५२ मा बाङ्ग्ला भाषाको सम्मान र संरक्षणका लागि बलिदान दिने भाषा शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालस्थित विभिन्न मुलुकका राजदूत र निकायका प्रतिनिधिले अन्तरराष्ट्रिय मातृभाषा दिवसलाई विश्वव्यापी रूपमा मनाउन बङ्गलादेशले निर्वाह गरेको नेतृत्वकारी भूमिकाको प्रशंसा गर्दै मातृभाषामा आधारित बहुभाषिक शिक्षाको महत्व र युवापुस्ताको भूमिकामाथि जोड दिएका थिए । विचार–गोष्ठीपछि बहुसांस्कृतिक साङ्गीतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा नेपाली, नेवारी र तामाङ भाषाका साथै बाङ्ग्ला भाषामा गीत प्रस्तुत गरिएको थियो ।
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट