
लन्डन । नेपाली सेना स्थापना भएको २६३औँ वार्षिकोत्सवको अवसरमा बेलायतस्थित नेपाली दूतावास लन्डनमा विशेष समारोह आयोजना गरिएको छ ।
सोमबार १६ फेब्रुअरी २०२६ मा दूतावास परिसरमा विशेष समारोह आयोजना गरेको हो । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडी र बेलायती सेनाका मेजर जनरल कार्ल बोसवेल सीबीईले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोह उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली सेनाको गौरवपूर्ण इतिहास र राष्ट्रप्रति पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले सीमाको सुरक्षा, प्राकृतिक विपद्का बेला उद्धार तथा राहत कार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता लगायत क्षेत्रमा नेपाली सेनाले देखाएको व्यावसायिकता र समर्पणको प्रशंसा गर्नुभयो । देशको रक्षा गर्दै ज्यान आहुति दिएका वीर सैनिकप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
मेजर जनरल बोस्वेलले २६३औँ स्थापना दिवसको अवसरमा नेपाली सेनालाई बधाई दिँदै यसको इतिहास, अनुशासन र विश्वव्यापी प्रतिष्ठाको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नेपाल–बेलायत सैन्य सम्बन्धलाई ‘अद्वितीय’ बताउँदै संयुक्त तालिम, विपद् व्यवस्थापन सहयोग, व्यावसायिक आदान–प्रदान र अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वप्रतिको साझा प्रतिबद्धताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ भएको उल्लेख गर्नुभयो । गोर्खा सैनिकहरू नेपाल–बेलायत मित्रताको जीवित प्रतीक भएको पनि उहाँले बताउनुभयो ।
यसअघि, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले अतिथिहरूलाई स्वागत गर्दै समारोहमा सहभागी भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाका गतिविधिहरू झल्काउने भिडियो क्लिपहरू पनि प्रदर्शन गरिएको थियो ।
समारोहमा बेलायतस्थित उच्च सैनिक अधिकारी, विभिन्न देशका रक्षा सहचारी, सरकारी प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने