ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन

लन्डन । ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन हुनुभएको छ । संस्थाको सोमबार भएको १३औँ अधिवेशनले कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष रामप्रसाद कँडेल एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष हुनुहुनु्छ । उनीसँग विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव छ ।

उपाध्यक्षमा साजना गैरे र नरिश्वर खराल, सचिवमा शिवकान्त खराल, सहसचिवमा अन्जु न्यौपाने, कोषाध्यक्षमा कृष्ण सापकोटा र सहकोषाध्यक्षमा चक्रप्रसाद जोशी चयन हुनुभयो । सदस्यहरुमा सूर्य पौड्याल, पूर्ण कँडेल, पर्शुराम भण्डारी, गोविन्द देवकोटा, गोकर्ण खड्का र राजेश भट्ट रहनुभएको छ ।

निर्वाचन समितिमा कृष्ण देवकोटा संयोजक, डिलाराम गैरे सहसंयोजक र मीन खरेल सदस्य रहनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष कँडेलले स्कटल्यान्ड तथा बेलायतभरका सामाजिक तथा धार्मिक संघ–संस्थासँग सहकार्य गर्दै स्कटल्यान्डमा बसोवास गर्ने नेपाली समुदायबीचको भ्रातृत्व, सद्भाव र एकतालाई अझ मजबुद बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष कँडेलले निवर्तमान अध्यक्ष छविलाल अर्यालसहित सिंगो कार्यसमितिलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री