
काठमाडौँ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान भइरहेको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ । यसका लागि बिहान ९:०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदान आज दिउँसो ३:०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ । मतदानस्थलमा ती मतदाताले मतदान गरिराखेका छन् ।
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती