
काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्यो । थाइल्याण्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन् । उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदान दिइएकी हुन् ।
नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रनको योगफल बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा छ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन् । त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन भने पूजा महतोले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई र चनिँदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान एक/एक विकेट लिएका हुन् । नेपाल आफ्नो दोस्रो खेल यही माघ ८ गते नेदरल्याण्डसँग खेल्नेछ ।
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो