
लन्डन । झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
आइतबार ११ जनवरी २०२५ भएको समाज यूकेको साधारणसभाले टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षत्रयमा गुरु इजम, लोकनाथ अधिकारी, भूपाल कार्की, महासचिव देवीप्रसाद गौतम, सचिव गौरव कन्दङ्वा, कोषाध्यक्ष – छवि कार्की र सहकोषाध्यक्ष कृष्ण फेम्बो चयन हुनु भएको छ ।
सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिम्खडा, एल.एन. घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं चुनिनु भएको निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्यसमितिको कार्यकाल आगामी दुई वर्षका लागि रहनेछ । त्यस्तै पूर्व काउन्सिलर धन गुरुङ, पूर्व अध्यक्ष अर्कराज तिम्सिना र झापाली समाज आइसिसीका संस्थापक उपाध्यक्ष ललित न्यौपानेलाई संरक्षकमा चयन गरिएको छ ।
साधारणसभामा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल तथा कार्यक्रमका अध्यक्षता निवर्तमान अध्यक्ष अर्क तिम्सिनाले गर्नुभएको थियो भने संचालन ललित न्यौपानेले गर्नुभएको थियो । नव कार्यसमितिले आगामी दुई वर्षमा समाजका कार्यक्रम, सदस्यता व्यवस्थापन र सामाजिक गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’