
काठमाडौँ, १८ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेला संविधानको मस्यौदा, पार्टीको महाधिवेशनलगायत विषयमा पार्टी नेतृत्वलाई सुझाव प्रस्तुतिका लागि कार्यदल गठन गर्दै आज सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बिहीबारदेखि जारी भेलामा उठेका विषय समेटी पार्टी केन्द्रीय नेतृत्वलाई सुझाव दिन कार्यदल गठन गरिएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले राससलाई जानकारी गराए ।
उनका अनुसार कार्यदलमा आङ्गेलु शेर्पा, सञ्जय गौतम, तारामान गुरुङ, कमल पंगेनी, गोविन्द ढुङ्गाना, अब्दुल रज्जाक, नरेन्द्र केरुङ, सीता यादव र वीरबहादुर बलायर रहेका छन् । कार्यदलले दुई–तीन दिनभित्र भेलामा सभापतिहरूले उठाएका विषयलाई समेट्दै नेतृत्वलाई सुझाव प्रस्तुत गर्ने बताइएको छ ।
भेलामा सभापतिहरूले संविधानसभामा प्रस्तुत मस्यौदामा गरिनुपर्ने संशोधन, केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने गरी जिल्ला, क्षेत्र, गाउँ र नगरको अधिवेशनको मिति परिमार्जनलगायत विषयलाई सुझावका रुपमा समेटिनुपर्नेमा जोड दिएका थिए ।
सिन्धुपाल्चोक जिल्लाका सभापति मोहनबहादुर बस्नेतले संविधानमा लोकतन्त्र, समाजवाद, प्रजातान्त्रिक शासन पद्धतिजस्ता मूलभूत आदर्शलाई समेटिनुपर्ने धारणा राखे । नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले भूकम्पले मुख्य रुपमा प्रभावित गरेका जिल्लामा राहत सहयोगका साथै परिचयपत्र वितरणमा एकरुपता एवम् प्रभावकारी बनाउन पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
स्याङ्जाका सभापति कमल पंगेनीले केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशनको मिति परिमार्जन गर्नुपर्ने बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित