
काठमाडौँ, १८ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेला संविधानको मस्यौदा, पार्टीको महाधिवेशनलगायत विषयमा पार्टी नेतृत्वलाई सुझाव प्रस्तुतिका लागि कार्यदल गठन गर्दै आज सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा बिहीबारदेखि जारी भेलामा उठेका विषय समेटी पार्टी केन्द्रीय नेतृत्वलाई सुझाव दिन कार्यदल गठन गरिएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले राससलाई जानकारी गराए ।
उनका अनुसार कार्यदलमा आङ्गेलु शेर्पा, सञ्जय गौतम, तारामान गुरुङ, कमल पंगेनी, गोविन्द ढुङ्गाना, अब्दुल रज्जाक, नरेन्द्र केरुङ, सीता यादव र वीरबहादुर बलायर रहेका छन् । कार्यदलले दुई–तीन दिनभित्र भेलामा सभापतिहरूले उठाएका विषयलाई समेट्दै नेतृत्वलाई सुझाव प्रस्तुत गर्ने बताइएको छ ।
भेलामा सभापतिहरूले संविधानसभामा प्रस्तुत मस्यौदामा गरिनुपर्ने संशोधन, केन्द्रीय महाधिवेशनको मिति परिवर्तन नहुने गरी जिल्ला, क्षेत्र, गाउँ र नगरको अधिवेशनको मिति परिमार्जनलगायत विषयलाई सुझावका रुपमा समेटिनुपर्नेमा जोड दिएका थिए ।
सिन्धुपाल्चोक जिल्लाका सभापति मोहनबहादुर बस्नेतले संविधानमा लोकतन्त्र, समाजवाद, प्रजातान्त्रिक शासन पद्धतिजस्ता मूलभूत आदर्शलाई समेटिनुपर्ने धारणा राखे । नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले भूकम्पले मुख्य रुपमा प्रभावित गरेका जिल्लामा राहत सहयोगका साथै परिचयपत्र वितरणमा एकरुपता एवम् प्रभावकारी बनाउन पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
स्याङ्जाका सभापति कमल पंगेनीले केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशनको मिति परिमार्जन गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार