काठमाडौँ, १८ असार । संविधानसभाको शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अवरोध खडा गरेको छ ।
संविधान मस्यौदा समितिले पारित गरेको प्रावधानविपरीत मस्यौदा संविधानसभामा प्रस्तुत गरेको भन्दै सो दलले अवरोध गरेको हो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले एकीकृत नेकपा(माओवादी)का सभासद् गिरिराजमणि पोखरेललाई संविधानको पहिलो विधेयकको मस्यौदालाई सैद्धान्तिक सहमति लिई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिन समय प्रदान गर्ने बित्तिकै सो दलका सभासद्ले नाराबाजीका साथ बैठक अवरोध गरेका हुन् ।
राप्रपा नेपालका सभासद् कमल थापाले सीमित दलले संविधानसभालाई ‘रबरस्ट्याम’ बनाएका, संविधान र प्रचलित नियम, कानुनविपरीत काम भएको भन्दै आपत्ति जनाए ।
उनले संविधानसभाले गर्ने काम केही नेताले जालझेल गरेर हेरफेर गरिएको, स्थानीय निकायको निर्वाचन छ महिनाभित्र गर्ने सर्वसम्मतिले पारित गरिएको विषय, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको निर्वाचन गर्ने सहमति मस्यौदाबाट हटाएको भन्दै सभाध्यक्षको ध्यानाकर्षण गराए ।
उनले मस्यौदा समितिमा भएको सहमतिविपरीतको मस्यौदा पेस भएको भन्दै तत्काल बैठक स्थगित गर्न माग गरे । त्यसअघि सोही दलका सभासद् सुशीलकुमार श्रेष्ठले चार दलले आफूखुसी मस्यौदा तयार पारेका र धर्म परिवर्तनलाई मौलिक हकअन्तर्गत समावेश गरिएकामा आपत्ति जनाएका थिए ।
विरोध जनाउने क्रममा राप्रपाका सभासद् थापा र श्रेष्ठले आपत्तिजनक शब्द प्रयोग गरेकामा उनीहरूलाई सभाध्यक्षले मर्यादाविपरीत सभामा प्रस्तुत नहुन आग्रह गरे ।
उहाँले सभामा प्रस्तुत मस्यौदा संविधानको पूर्ण खाका नभएको, परिमार्जन धेरै स्थानमा रहेका र त्यसप्रति आफू सकारात्मक रहेको भन्दै संविधान निर्माणको प्रक्रियामा सघाउन राप्रपा नेपाललाई बारम्बार अनुरोध गर्नुभयो । सभाध्यक्षको उक्त अनुरोधप्रति राप्रपा नेपालले कुनै वास्ता गरेन र नाराबाजीलाई निरन्तरता दियोे ।
नेकपा(एमाले)का सभासद् कर्णबहादुर थापाले संविधानसभा नियमावली २०७० को नियम ३४ र ३५ अनुसार संविधानसभाको काम कारबाहीलाई अवरोध गर्ने गरी केही सभासद् प्रस्तुत भइरहेको भन्दै नियमापत्ति गरे ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा