
काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको छ ।
उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौं उपत्यकाभित्र लागू गरिने जनाइएको छ । अध्यागमनले आज कार्यक्रम आयोजना गर्दै उक्त प्रणालीलाई व्यवस्थित रुपमा कसरी लागू गर्न सकिन्छ ? भनेर सम्बन्धित सङ्घसंस्था र निकायहरुबीच सुझाव लिएको थियो ।
अध्यागमनका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले विशेष कार्यक्रम आयोजना गरी प्रणाली उद्घाटन गरिने बताउनुभयो । उहाँले यसका लागि आवश्यक सङ्घसंस्थाहरुसँग सुझाव लिएको बताउनुभयो ।
यस प्रणालीलाई पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रुपमा लागू गरिनेछ । दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना छ ।
यस सूचना प्रणाली कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ । यो प्रणाली कार्यान्वयनका लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको सङ्ख्या न्यून रहेकाले यथाशीघ्र आबद्धताका लागि अनुरोध गरिएको पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो