
काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गर्ने भएको छ ।
उक्त सूचना प्रणालीलाई सुरुमा काठमाडौं उपत्यकाभित्र लागू गरिने जनाइएको छ । अध्यागमनले आज कार्यक्रम आयोजना गर्दै उक्त प्रणालीलाई व्यवस्थित रुपमा कसरी लागू गर्न सकिन्छ ? भनेर सम्बन्धित सङ्घसंस्था र निकायहरुबीच सुझाव लिएको थियो ।
अध्यागमनका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले विशेष कार्यक्रम आयोजना गरी प्रणाली उद्घाटन गरिने बताउनुभयो । उहाँले यसका लागि आवश्यक सङ्घसंस्थाहरुसँग सुझाव लिएको बताउनुभयो ।
यस प्रणालीलाई पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रुपमा लागू गरिनेछ । दोस्रो चरणमा आगामी फागुन १७ देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना छ ।
यस सूचना प्रणाली कार्यान्वयनको प्रभावकारिताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ । यो प्रणाली कार्यान्वयनका लागि छोटो अवधि मात्र बाँकी रहेको र हालसम्म प्रणालीमा आबद्ध भएका निकायहरुको सङ्ख्या न्यून रहेकाले यथाशीघ्र आबद्धताका लागि अनुरोध गरिएको पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक