
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पुन: एकीकरणको सहमति भएको छ । बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच २ लाइनको सहमति भएको हो ।
राप्रपा पार्टी कार्यालय धुम्बराहीमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी एकताबारे जानकारी दिँदै अध्यक्ष लिङ्देनले सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई ध्रुवीकरणमा सहभागी हुन आग्रह गर्नुभएको छ ।
यसअघि राप्रपा अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोड्नुभएको थियो । उहाँ २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा हेटौंडाबाट उम्मेदवार बनेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको थियो ।
एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा