
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ ।
क्यानले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।
आगामी जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी १८ तारिखमा थाइल्यान्डसँग खेल्दै प्रतियोतिगाको उद्घाटन गर्नेछ । उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन् । त्यस सुपर सिक्सबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते