
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।
एनआरएनए र एशिया इन्टरनेशनल युनिभर्सिटी (एआईयू), उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणालगत्तै यही डिसेम्बर २३ भित्र आवेदन बुझाउन आग्रह गरिएको हो । आवेदन गर्न इच्छुकको योग्यतामा नेपालमा सीईई परीक्षा पास गरेको हुनुपर्ने, जेहेन्दार तथा शैक्षिक रूपमा सक्षम र कमजोर आर्थिक अवस्था भएको विद्यार्थी हुनुपर्ने तोकिएको छ ।
परीक्षा मिति आगामी २०२६ जनवरी ३ गते पुल्चोक इन्जिनियरिङ् कलेजमा हुने एनआरएनएको सूचनामा उल्लेख छ । जेहेन्दार तथा विपन्न नेपाली विद्यार्थीहरूले https://dub.sh/nrnascholarship मा आवेदन दिन सकिने जनाइएको छ ।
छात्रवृत्ति प्राप्त दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम २ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नु पर्नेछ । छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना, बसाइँ ) विश्वविद्यालयले बेहोर्ने पनि जनाइएको छ । यो पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा एनआरएनएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी