
लन्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन हुनुभएको छ ।
शाखाको आइतबार २१ मंसिर २०८२ (७ डिसेम्बर २०२५) मा सम्पन्न भएको ११औं वार्षिकसाधारणसभा तथा पाँचौं अधिवेशनले मनसुधनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति प्रथम उपाध्यक्षमा कल्पना श्रीपाल, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ र महिला उपाध्यक्षमा कौशिला थापा चुनिनु भएको छ ।
यस्तै सचिव रेशमबहादुर पाचे मगर, सहसचिव धर्म लामा गुरुङ, महिला सचिव निता गुरुङ, कोषाध्यक्ष जीतबहादुर काउचा र सह-कोषाध्यक्षमा भिम आले मगर चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरूमा मिन गुरुङ,दिनेश गुरुङ, कुमार गुरुङ, तारा गर्बुजा, रूक आले, निर्मला राना, सन्तोष पुन, पवन राना, भुपी पौडेल, आश्मा छन्त्याल, निरूशा भट्टराई, खेम आले, श्रृजना गुरुङ, बेनिता गुरुङ, यज्ञ बिक र रेखा कोइराला चुनिनु भएको छ । नयाँ कार्यसमितिको कार्यकाल वि.सं. २०८२-२०८५ (सन् २०२५-२०२८) सम्म रहनेछ ।
नयाँ कार्यसमिति चयन गर्नका लागि अनिल मल्लको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको थियो ।
अधिवेशन उद्घाटन सत्र निवर्तमान अध्यक्ष लक्षमण रानाको अध्यक्षतामा भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न