
लन्डन । नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । उक्त दौड विश्वकै प्रमुख म्याराथनमध्ये एक हो ।
‘गोल्डेन गर्ल’ धाविकाको परिचय बनाएकी श्रेष्ठले आइतबार ४२के भ्यालेन्सिया म्याराथनमा २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गर्नुभउको हो । उहाँले गत वैशाखमा लन्डन म्याराथनमा आफैंले बनाएको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभएको हो ।
पेरिस ओलम्पिकको म्याराथन पूरा गरेकी सन्तोषीले बंगलादेशको बंगबन्धु म्याराथनमा २ घन्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान बनाएर आफ्नो म्याराथन यात्रा थाल्नुभएको थियो । भ्यालेन्सियामा विश्वभरका ८२ महिला एलिट रनरले प्रतिस्पर्धा गरेकामा सन्तोषीले ५८ औं स्थानमा रहेर दूरी पार गर्नुभयो । उहाँभन्दा पछाडि चार जना धाविकाले मात्र दुरी पार गरेका थिए भने अन्यले बीचमै दौड छाडेका थिए ।
गत असोजमा दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषीले कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपको ५००० मिटर र १०००० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित दुई कांस्य पदक जित्नुभएको थियो । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्ड्सको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहींको प्रशिक्षकबाट प्रशिक्षण लिनुभएको थियो ।
सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेपछि उहाँ नेपाली एथलेटिक्समा छाइरहनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा