
लन्डन । नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । उक्त दौड विश्वकै प्रमुख म्याराथनमध्ये एक हो ।
‘गोल्डेन गर्ल’ धाविकाको परिचय बनाएकी श्रेष्ठले आइतबार ४२के भ्यालेन्सिया म्याराथनमा २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन पूरा गर्नुभउको हो । उहाँले गत वैशाखमा लन्डन म्याराथनमा आफैंले बनाएको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभएको हो ।
पेरिस ओलम्पिकको म्याराथन पूरा गरेकी सन्तोषीले बंगलादेशको बंगबन्धु म्याराथनमा २ घन्टा ४६ मिनेट २६ सेकेन्डको कीर्तिमान बनाएर आफ्नो म्याराथन यात्रा थाल्नुभएको थियो । भ्यालेन्सियामा विश्वभरका ८२ महिला एलिट रनरले प्रतिस्पर्धा गरेकामा सन्तोषीले ५८ औं स्थानमा रहेर दूरी पार गर्नुभयो । उहाँभन्दा पछाडि चार जना धाविकाले मात्र दुरी पार गरेका थिए भने अन्यले बीचमै दौड छाडेका थिए ।
गत असोजमा दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषीले कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपको ५००० मिटर र १०००० मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित दुई कांस्य पदक जित्नुभएको थियो । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्ड्सको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहींको प्रशिक्षकबाट प्रशिक्षण लिनुभएको थियो ।
सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेपछि उहाँ नेपाली एथलेटिक्समा छाइरहनुभएको छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग