
काठमाडौँ । नेपालको राहदानी विभागले एक/दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ । विभागले बुधबार साँझ सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १–२ हप्तामै सेवा सरल हुने स्पष्ट पारेको छ ।
हालैका दिनहरूमा अन्तरिम व्यवस्थापनस्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ । विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको र हालसम्म ठगीमा संलग्न शङ्कास्पद १५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ ।
विभागले भनेको छ, “यसप्रकार कुनै पनि बहानामा हुनसक्ने ठगी प्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा देहायको कुनै माध्यमबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।” सेवाग्राहीहरूलाई सरल, सहज र छिटो सेवा प्रवाह गर्न एवं राहदानीसम्बन्धी समस्याको तत्काल समाधान गर्न तयार रहेकोसमेत विभागले जनाएको छ ।
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता