
काठमाडौँ । जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ (नेपाल हाउस) निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो ।
जापानको टोकियोस्थित शिन्ज्युकुमा आयोजित सप्ताहमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नुभएको थियो । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा आठ दिनसम्म चलेको सप्ताहमा झण्डै रु ११ करोड नगद सङ्कलन भएको जानकारी दिनुभयो । हालसम्म रु १० करोड ५० लाख नगद सङ्कलन भइसकेको र बाकसमा दान गरेको भेटीलाई गन्ने काम भइरहेको उहाँको भनाइ छ ।
जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि निर्माण गर्न लागिएको ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित सप्ताहमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामिछानेले बताउनुभयो ।
जापानमा बन्न लागेको नेपाल हाउसभित्र नेपालको संस्कृति झल्काउने घर, विभिन्न जातजातिको संस्कृति तथा वेषभूषा, पशुपतिनाथ, बौद्ध, स्वयम्भूलगायत मन्दिर, नेपालका परम्परागत कृषि औजारहरु, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाउँहरु निर्माण हुनेछन् । आठ दिनसम्म सञ्चालन भएको सप्ताहमा जापानमा रहेका झण्डै २५ हजार नेपालीको सहभागिता रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा यसअघि नै जमिन खरिद भइसकेको जानकारी दिनुभयो ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते