
काठमाडौँ । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ ।
भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो । टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो ।
नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो ।
त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह