
लन्डन । बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
आइतबार २६ अक्टोबर २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रम सीएनसीबीजीका अध्यक्ष थर्क राना मगर, उपाध्यक्ष दल बुराथोकी मगर, बेलायतस्थित नेपाली दूतावासका द्वितीय सचिव तथा प्रमुख अतिथि संजोक राई र तृतीय सचिव तथा विशेष अतिथि झुपलाल पुन मगरले संयुक्त रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा गोर्खा र तिनका सन्तानहरूको नेपाली नागरिकता निरन्तरताका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
अध्यक्ष थर्क राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव भक्त राना मगरले सञ्चालन तथा स्वागत मन्तव्य राख्नुभएको थियो । उपाध्यक्ष दल बुराथोकी मगरले सीएनसीबीजीका उद्देश्यबारे प्रकाश पार्दै संगठनको सामाजिक उत्तरदायित्वबारे बताउनुभएको थियो भने सहप्रवक्ता दीर्घ गुरुङले नागरिकता निरन्तरतासम्बन्धी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा गायिका कामना ओली, नृत्याङ्गना अश्मिता पुरी, स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिनुभएको थियो ।
समारोहमा अध्यक्ष थर्क राना मगरले सबै उपस्थित अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सीएनसीबीजीको अभियानमा निरन्तर साथ र सहयोगको लागि पुन: आग्रह गर्नुभयो ।
प्रमुख अतिथि सञ्जोक राईले पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा गौरव अनुभव भएको बताउनुभयो । कार्यक्रम संयोजक उपाध्यक्ष नेत्र आले रहनुभएको थियो । कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधि, समाजसेवी,बुद्धिजीवी, पेसाकर्मी, पूर्वब्रिटिस आर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते