
लन्डन । तमु समाज यूकेले यस वर्ष पनि उल्लासमय वातावरणमा देउसी भैलो कार्यक्रम गरेको छ । लन्डनस्थित बारहाम पार्क, वेम्ब्लीस्थित समाजको आफ्नै सामुदायिक भवनमा २४ अक्टोबरमा कार्यक्रम भएको हो ।
नेपाली संस्कृति, परम्परा र भातृत्वको प्रतीक महान् चाड तिहार (दीपावली)को उल्लासमय वातावरणलाई सजीव राख्दै लन्डनमा पनि देउसी भैलो खेलिएको समाजले जनाएको छ ।
दीपावली पर्वमा धनकी देवी लक्ष्मी पूजा, दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीक भाइटीका र देउसी भैलोको माध्यमबाट सामाजिक सद्भाव एवं एकताको सन्देश प्रसारित गर्ने विश्वास गरिन्छ । यही सांस्कृतिक महिमालाई जीवन्त तुल्याउँदै तमु समाज यूकेले पनि देउसी भैलो आयोजना गरेको जनाइएको छ ।
कार्यक्रमको सुरुवात तमु समाज यूकेकी अध्यक्ष बिन्दु गुरुङ घले, उपाध्यक्ष मिरा गुरुङ र ज्येष्ठ नागरिक बुद्धिकुमारी गुरुङले संयुक्त रूपमा लक्ष्मी पूजा र दीप प्रज्वलन गरी गर्नुभएको थियो ।यसले तिहारको धार्मिक तथा सांस्कृतिक महत्वलाई झनै उजागर गरेको समाजको बुझाइ छ ।
महासचिव सुबा घलेले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेपछि उपाध्यक्ष केदार बहादुर गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष तथा सल्लाहकार माया गुरुङले देउसी भैलोको सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवं यसको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा परम्परागत देउसी भैलो गीत र नृत्य प्रस्तुत गर्दै उपाध्यक्ष केदार बहादुर गुरुङ, युवा समूह अध्यक्ष प्रज्ज्वलमान गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङले सबैलाई मनोरञ्जन प्रदान गर्नुभयो । उल्लेखित प्रस्तुतिहरूले नेपाली मौलिक संस्कृति, भेषभूषा र परम्पराको सुन्दर झलक प्रस्तुत गर्नुभएको थियो । युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप आकर्षक बनाएको थियो भने पुरानो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पहिचानको हस्तान्तरण भएको अनुभूति गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ, आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकार बिजु गुरुङ, ज्ञानबहादुर गुरुङ, धरम बल गुरुङ, ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङ, गुमानसिंह गुरुङलगायत कयौं आजीवन सदस्य र युवा सदस्यहरूको सक्रिय उपस्थिति थियो ।
यसै अवसरमा दुई जना नव आजीवन सदस्य टउबहादुर गुरुङ र श्रीमती सिला गुरुङलाई संस्थाका अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले समाजको खादा अर्पण गरी स्वागत तथा सम्मान गर्नुभयो ।

कार्यक्रममा आमा समूहका सदस्यहरूले नेपाली परिकार, सेलरोटी आदि व्यवस्था गरे भने कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पेय पदार्थ व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
यस वर्षको देउसी भैलो कार्यक्रम सामुदायिक सहयोगका दृष्टिले पनि उल्लेखनीय रहेको समाजले जनाएको छ । कोषाध्यक्ष चन्द्रकान्त गुरुङ र वरिष्ठ उपाध्यक्ष भिमबहादुर गुरुङले चन्दा सङ्कलन व्यवस्थापन गर्नुभएको थियो ।
महासचिव सुबा घलेले सदस्यहरू र शुभेच्छुकहरूबाट प्राप्त दान रकमको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष र अनलाइन माध्यमबाट सोचेअनुसारको दान रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँले दाताहरूको नाम ववाचन गर्दै सबैप्रति धन्यवाद पनि दिनुभयो ।
अन्त्यमा अध्यक्ष बिन्दु गुरुङ घलेले कार्यक्रम सफल बनाउन योगदान दिने सबै स्वयंसेवक, पदाधिकारी र सहयोगीहरूलाई धन्यवाद दिनुभयो । उहाँले तिहारको पवित्र अवसरमा प्राप्त सहयोगले सामुदायिक हितका आगामी योजनामा ठूलो टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
देउसी भैलो कार्यक्रम साँझ ४:३० देखि राति १० बजेसम्म सञ्चालन गरिएको थियो । सांगीतिक प्रस्तुतिमा केदारबहादुर गुरुङ, माया गुरुङ, धरम बल गुरुङ, ज्ञानबहादुर गुरुङ, अर्जुनकुमार गुरुङ, गंगा बहादुर गुरुङ, प्रज्ज्वलमान गुरुङ तथा युवा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला