
काठमाडौँ । नेपालकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा दुई नयाँ मन्त्री थप भएका छन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्नुभएको हो । गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीद्वयलाई आइतबार नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
आजै सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठ, दलित अभियन्ता खगेन्द्र सुनुवारलाई मन्त्रीमा सिफारिस गर्न चर्चा चले पनि उहाँहरुका विवाद बाहिरिएपछि अन्तिममा सूचीबाट हटाइएको थियो ।
७ असोजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त हुनुभएको थियो ।
जेन–जी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्नुभएको थियो । त्यसअघि कार्कीले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र कुलमान घिसिङलाई भौतिक पूर्वाधारसहित ऊर्जामन्त्री बनाउनुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो