
काठमाडौँ । नेपालकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा दुई नयाँ मन्त्री थप भएका छन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गर्नुभएको हो । गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीद्वयलाई आइतबार नै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।
आजै सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठ, दलित अभियन्ता खगेन्द्र सुनुवारलाई मन्त्रीमा सिफारिस गर्न चर्चा चले पनि उहाँहरुका विवाद बाहिरिएपछि अन्तिममा सूचीबाट हटाइएको थियो ।
७ असोजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त हुनुभएको थियो ।
जेन–जी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्नुभएको थियो । त्यसअघि कार्कीले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र कुलमान घिसिङलाई भौतिक पूर्वाधारसहित ऊर्जामन्त्री बनाउनुभएको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन