
लन्डन । अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै साहित्य साधनामा संलग्न कवि मुकुल दाहाल (टंकप्रसाद दाहाल)को कवितासंग्रह ‘एक अस्तित्व आलाप’ लोकार्पण भएको छ ।
काठमाडौंको शिल्पी थियटरमा २० अक्टुबर २०२५ मा आयोजित कार्यक्रम कविहरू अविनाश श्रेष्ठ, मोमिला, शैलेन्द्र साकार, कृष्ण धरावासी, नारायण ढकाल र कुमार नगरकोटीले उक्त कवितासंग्रहको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा विभिन्न कविहरूले कवि दाहालका कविता वाचन गर्नुभयो ।
कविता वाचनसँगै चालीसको दशकमा सँगै कविता लेख्दाका अनुभूतिलाई कवि श्रवण मुकारुङले साझीकरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले चितवनको जंगल सफारीमा रातरातभरि दोहोरो कविता वाचन गर्दा मुकुलजी अब्बल बन्नुभएको थियो । तीस वर्षपछि पनि उहाँका कविता अझै जब्बर बनेर आएका रहेछन् ।’
कवि मोमिलाले दाहालको प्रेमपत्र शीर्षकको कविता वाचन गर्नुभयो भने कुमार नगरकोटीले कवि मुकुल दाहाललाई पहिलोपटक कथाकारको रूपमा समकालीन साहित्यमा पढेको स्मरण गर्दै ‘झ्याल’ शीर्षकको कविता वाचन गर्नुभयो ।
त्यसैगरी कवि भीष्म उप्रेतीले सँगै बिताएका स्कुल जीवनका संस्मरणहरू प्रस्तुत गर्दै दाहालकै कविता सुनाउनुभयो । त्यस्तै कवि विप्लव ढकालले पनि कवि दाहालका कवितामा कविताचेत र शक्ति भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा आफू विदेशिँदाको कथालाई प्रस्तुत गर्दै कवि दाहालले आफ्ना तीन कविता वाचन गर्नुभएको थियो ।
दाहालको यसअघि ‘सीमा तीत सीमान्त’ कवितासंग्रह २०६१ सालमा प्रकाशन भएको थियो । चार दर्जन कविताहरूको संग्रह ‘एक अस्तित्व आलाप’लाई बुकहिलले बजारमा ल्याएको हो ।

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते