
लन्डन । अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै साहित्य साधनामा संलग्न कवि मुकुल दाहाल (टंकप्रसाद दाहाल)को कवितासंग्रह ‘एक अस्तित्व आलाप’ लोकार्पण भएको छ ।
काठमाडौंको शिल्पी थियटरमा २० अक्टुबर २०२५ मा आयोजित कार्यक्रम कविहरू अविनाश श्रेष्ठ, मोमिला, शैलेन्द्र साकार, कृष्ण धरावासी, नारायण ढकाल र कुमार नगरकोटीले उक्त कवितासंग्रहको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा विभिन्न कविहरूले कवि दाहालका कविता वाचन गर्नुभयो ।
कविता वाचनसँगै चालीसको दशकमा सँगै कविता लेख्दाका अनुभूतिलाई कवि श्रवण मुकारुङले साझीकरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले चितवनको जंगल सफारीमा रातरातभरि दोहोरो कविता वाचन गर्दा मुकुलजी अब्बल बन्नुभएको थियो । तीस वर्षपछि पनि उहाँका कविता अझै जब्बर बनेर आएका रहेछन् ।’
कवि मोमिलाले दाहालको प्रेमपत्र शीर्षकको कविता वाचन गर्नुभयो भने कुमार नगरकोटीले कवि मुकुल दाहाललाई पहिलोपटक कथाकारको रूपमा समकालीन साहित्यमा पढेको स्मरण गर्दै ‘झ्याल’ शीर्षकको कविता वाचन गर्नुभयो ।
त्यसैगरी कवि भीष्म उप्रेतीले सँगै बिताएका स्कुल जीवनका संस्मरणहरू प्रस्तुत गर्दै दाहालकै कविता सुनाउनुभयो । त्यस्तै कवि विप्लव ढकालले पनि कवि दाहालका कवितामा कविताचेत र शक्ति भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा आफू विदेशिँदाको कथालाई प्रस्तुत गर्दै कवि दाहालले आफ्ना तीन कविता वाचन गर्नुभएको थियो ।
दाहालको यसअघि ‘सीमा तीत सीमान्त’ कवितासंग्रह २०६१ सालमा प्रकाशन भएको थियो । चार दर्जन कविताहरूको संग्रह ‘एक अस्तित्व आलाप’लाई बुकहिलले बजारमा ल्याएको हो ।

बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक