
काठमाडौँ । विपिन जोशीको पार्थिव शरीर सोमबार अपराह्न इजरायलबाट काठमाडौँ ल्याइएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्नुभयो । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
शोकसभामा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याल, नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासलगायतले स्व जोशीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित उहाँको घरमा पुर्याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासको समन्वय र इजरायली सरकारको सहकार्यमा मृतक जोशीको शव नेपाल ल्याइएको हो ।
गत ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाई गाजातर्फ लगिएको थियो । आक्रमणमा परी १० जना निर्दोष नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो ।
बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै प्रकारका प्रयास र पहल गरेको थियो । तथापि, इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा जोशीको निधनको जानकारी गराएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो