
काठमाडौँ । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।
नेपालले जितको लागि दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८७ रनमा समेटियो । उसका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।
नेपालका लागि ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनाएको थियो ।
नेपालको लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् । त्यसैगरी नेपालका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए ।
यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । यसअघि नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो ।
त्यसैगरी नेपालले सुपर सिक्सको पहिलो खेलमै युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियोभने दोस्रो खेलमा कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको थियो ।
यस छनोट प्रतियोगिताबाट नेपाल, युएई र ओमानले आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काटिसकेका छन् । विश्वकप आगामी माग २७ देखि फागुन २४ गतेसम्म हुँदैछ ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा