
लन्डन । बेलायतमा ब्ल्याकवाटर भ्याली रनर्स र ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको आयोजनामा गत वर्षझैं अक्टोबर ५ मा रश्मूर वेलेस्ली १० किमि दौड,५ किमिको गोर्खा भीसी दौड र २ किमिको फन रन सम्पन्न भएको छ ।
अल्डरसट क्विन्स एभिन्यूको रग्बी स्टेडियममा रश्मूर वेलेस्ली दौड प्रतियोगितामा भएको हो । जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबोले घन्टी बजाएर बिहान सुरु गरेको १० किमि दूरीको दौड सोही ठाउँमा फर्किएर पूरा भएको थियो । दौड पूरा गर्नेहरु सबैलाई मेडल प्रदान गरिएको थियो ।
१० किमि रश्मूर वेलेस्ली दौड प्रतियोगिताको अफिसियल स्पोन्सर सूर्य गुरुङ नेतृत्वको पिपल मोर्गेज थियो ।
दौड सुरु हुनुअघि सहभागी धावकहरूलाई धावनमार्ग, स्वास्थ्य सुरक्षा र सावधानीबारे जानकारी दिइएको थियो । रेस डाइरेक्टर ब्ल्याक भ्याली रनर्सका डेव पोर्टर र महासचिव स्टिभ रहनुभएको थियो । प्रतियोगितामा रश्मूर बरो काउन्सिलले सहयोग गरेको थियो । रेसबाट संकलित रकममध्ये केही अंश स्थानीय च्यारिटी संस्थालाई र केही जीआरएनसीलाई प्रदान गरिने आयोजक जीआरएनसी यूकेकी अध्यक्ष माबोले जानकारी दिनुभयो । दौडमा करिब ६०० जना सहभागी थिए ।











बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने