
लन्डन । सुनगाभा प्राइभेट लिमिटेड यूकेको आयोजनामा आउँदो १८ अक्टुबरमा विश्व कविता सम्मेलन हुने भएको छ ।
विश्वभरका नेपाली सर्जकहरुको सृजनामार्फत परदेशबाट देश निहाल्न कविता सम्मेलन आयोजना गरिएको सुनगाभाले जनाएको छ । बेलायतको अल्डरसटमा हुने सम्मेलनमा नेपाललगायत बेलायत, अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व र युरोप गरी विश्वभरका नेपाली कविहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागी कविहरुमध्ये उत्कृष्ट २० कविहरुले जुममार्फत आफ्ना कविताहरु प्रस्तुत गर्नेछन् भने बेलायका कविहरूले सशरीर उपस्थित भएर आफ्ना कविता प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार विश्वभरिका कविहरुले आफ्नो कविता पाठ गरेको भिडियो २८ सेप्टेम्बरदेखि ३ अक्टुबरसम्म सुनगाभाको वेभ ठेगानामा अपलोड गर्नुपर्नेछ । यस्तै ५ अक्टुबरमा ती कविताहरुबाट छानिएका उत्कृष्ट १०० कविताहरु सुनगाभाको युट्युब च्यानलबाट प्रसारण गर्ने र दर्शकहरुले लाइक गर्ने थाल्नेछन् ।
१० अक्टुबरमा दर्शकहरुले लाइक गरेको गणना गर्ने काम बन्द गरिने छ । लाइक गरेको संख्याको आधा र कविताका जजहरुको निर्णयबाट पुन: २० उत्कृष्ट कविताहरुको छनौट गरिनेछ । १२ अक्टुबरमा छनौट गरिएका २० कविताहरुलाई पुन: अर्को शीर्षक दिइने छ । १७ अक्टुबरमा २० कविहरुले आफ्नो कविता पाठ गरेको भिडियो सुनगाभाको वेभ ठेगानामा अपलोड गरिसक्नु पर्नेछ । यद्यपि ती कविताहरु युट्युबमा भने लगाइने छैनन् ।
सम्मेलनको अन्तर्राष्ट्रिय संयोजक विश्वासदिप तिगेला, नेपाल संयोजक टिका चाम्लिङ, दुबई संयोजक विक्रम चेतनशील र बेलायत संयोजक केदार संकेतलाई तोकिएको छ ।
सम्मेलनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो