
लन्डन । सुनगाभा प्राइभेट लिमिटेड यूकेको आयोजनामा आउँदो १८ अक्टुबरमा विश्व कविता सम्मेलन हुने भएको छ ।
विश्वभरका नेपाली सर्जकहरुको सृजनामार्फत परदेशबाट देश निहाल्न कविता सम्मेलन आयोजना गरिएको सुनगाभाले जनाएको छ । बेलायतको अल्डरसटमा हुने सम्मेलनमा नेपाललगायत बेलायत, अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व र युरोप गरी विश्वभरका नेपाली कविहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागी कविहरुमध्ये उत्कृष्ट २० कविहरुले जुममार्फत आफ्ना कविताहरु प्रस्तुत गर्नेछन् भने बेलायका कविहरूले सशरीर उपस्थित भएर आफ्ना कविता प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार विश्वभरिका कविहरुले आफ्नो कविता पाठ गरेको भिडियो २८ सेप्टेम्बरदेखि ३ अक्टुबरसम्म सुनगाभाको वेभ ठेगानामा अपलोड गर्नुपर्नेछ । यस्तै ५ अक्टुबरमा ती कविताहरुबाट छानिएका उत्कृष्ट १०० कविताहरु सुनगाभाको युट्युब च्यानलबाट प्रसारण गर्ने र दर्शकहरुले लाइक गर्ने थाल्नेछन् ।
१० अक्टुबरमा दर्शकहरुले लाइक गरेको गणना गर्ने काम बन्द गरिने छ । लाइक गरेको संख्याको आधा र कविताका जजहरुको निर्णयबाट पुन: २० उत्कृष्ट कविताहरुको छनौट गरिनेछ । १२ अक्टुबरमा छनौट गरिएका २० कविताहरुलाई पुन: अर्को शीर्षक दिइने छ । १७ अक्टुबरमा २० कविहरुले आफ्नो कविता पाठ गरेको भिडियो सुनगाभाको वेभ ठेगानामा अपलोड गरिसक्नु पर्नेछ । यद्यपि ती कविताहरु युट्युबमा भने लगाइने छैनन् ।
सम्मेलनको अन्तर्राष्ट्रिय संयोजक विश्वासदिप तिगेला, नेपाल संयोजक टिका चाम्लिङ, दुबई संयोजक विक्रम चेतनशील र बेलायत संयोजक केदार संकेतलाई तोकिएको छ ।
सम्मेलनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श