
काठमाडौं । पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेले मिर्गौलापीडित सनी गुरुङलाई ४ लाख २८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका–१४ ठाँडस्वारा स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१७ छोरेपाटन बसोबास गर्दै आउनुभएकी सनीलाई २०८२ असोज ३ गते (१८ सेप्टेम्बर २०२५)मा उहाँकै निवासमा पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष तथा तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष सई कमल गुरुङले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमको सुरुमा आर्थर डाँडाखर्क गुम्बाको तर्फबाट सल्लाहकार गोपाल गुरुङ र पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको तर्फबाट सनीलाई खादा अर्पण गरी शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराकी आजीवन सदस्य सोमबहादुर गुरुङकी ४२ वर्षीया छोरी सनी दुवै मिर्गौलामा समस्या देखिएपछि लामो समयदेखि उपचाररत हुनुहुन्छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सनीको उपचारका लागि पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराले आर्थर डाँडाखर्क समाज यूकेसँग आर्थिक सहयोगका लागि अपिल गरेको थियो । सोही अनुरोधपछि पञ्चकोशी समाज यूकेका अध्यक्ष धिराज गुरुङले यूकेमा रहेका समाजका सदस्य तथा चेलीबेटीहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा शिवकुमार गुरुङले समाजका अध्यक्ष धिराज गुरुङ र सम्पूर्ण सदस्य तथा चेलीबेटीहरूको तर्फबाट सनी गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबैलाई सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै, उहाँले पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराका अध्यक्ष सई कमल गुरुङलाई समन्वयमा सक्रिय भूमिका निर्वाह गरेकोमा धन्यवाद पनि दिनुभयो ।
त्यसैगरी, पञ्चकोशी आर्थर डाँडाखर्क समाज युकेका अध्यक्ष सई कमल गुरुङ र सनी गुरुङका पिता सोमबहादुर गुरुङले छोरीको उपचारका लागि ठूलो रकम सहयोग गरेकोमा पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका अध्यक्षसहित सम्पूर्ण सदस्य, चेलीबेटी तथा आफन्तजनहरूलाई कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिवकुमार गुरुङले पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको स्थापनाकालदेखि नै नेपालमा आफ्ना गाउँवासीको सुख–दुःखमा साथ दिँदै आइरहेको र विभिन्न परिस्थितिमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पञ्चकोशी समाज यूकेका प्रतिनिधि एवं पूर्वकोषाध्यक्ष तथा तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पञ्चकोशी आर्थर डाँडा खर्क समाज पोखराका अध्यक्ष सई कमल गुरुङ, महासचिव राजकुमार गुरुङ, कोषाध्यक्ष धिराज गुरुङ, कार्यसमिति सदस्य भरत गुरुङ, सल्लाहकार गोपाल गुरुङ, सल्लाहकार राजबहादुर गुरुङ तथा स्थानीय शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला