
लन्डन । बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको उमेरमा निधन भएको छ। उहाँ ४६ वर्षको हुनुहुन्थ्यो।
ह्याटन उत्तरपश्चिम इङ्गल्याण्डको हाइडमा आफ्नो घरमा मृत फेला पर्नुभएको थियो । ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार उहाँको मृत्युलाई शङ्कास्पद रूपमा नलिएको बताउनुभएको छ ।
“स्थानीय जनप्रतिनिधिले प्रशासनलाई आइतबार बिहान ६ः४५ बजे दिएको सूचनामा ४६ वर्षीय ह्याटन हाइडस्थित आफ्नै घरमा टेमसाइडमा मृत भेटिएको खबर गरेको र तत्काल प्रहरी त्यहाँ पुगेको थियो,” स्थानी प्रहरी प्रवक्ताले बताए ।
“उहाँको मृत्युबारे प्रारम्भिक अनुसन्धानले उहाँको कुनै पनि शङकास्पद आक्रमण वा गतिविधिका कारण भएको विश्वास गरिएको छैन,” प्रहरीले भनेको छ।
‘द हिटम्यान’ उपनामले चिनिने ह्याटनले ‘लाइटवेल्टर वेट’ समूहमा धेरै विश्व उपाधि र ‘वेल्टर वेट’ मा एउटा उपाधि जित्नुभएको थियो ।
उहाँको आक्रामक शैलीले उहाँलाई आफ्नो पुस्ताको सबैभन्दा लोकप्रिय बेलायती बक्सरहरूमध्ये एक बनाउन सफल भएको थियो।
सन् १९९७ मा आफ्नो बक्सिङ खेलको सार्वजनिक सुरूवात गरेका उहाँले ४८ व्यावसायिक प्रतिस्पर्धातर्फ ४५ उपाधि जित्नुभएको थियो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध