
बेइजिङ । चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वस्तरमै अग्रस्थान हासिल गरेको छ । हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगत अधिकारहरूमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिनुभयो ।
मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चौधौँ पाँचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ ।”
सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ । त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका पङ्खा प्रणाली (टरबाइन) निर्माणमा पनि चीनले अग्रता लिएको बताइएको छ ।
नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीहरूको विकास र कार्यान्वयनमा समेत चीन अहिले विश्वकै अगाडि रहेको छ । प्रविधिगत नवप्रवर्तनका साथै चीनले वातावरण संरक्षण र हरित विकासमा विशेष जोड दिएको छ । चिनियाँ प्रविधिहरू अहिले विश्वका धेरैजसो देशहरूमा निर्यात भई प्रयोगमा आइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।
वाङ होङझीले भन्नुभयो, “हामी स्वच्छ, सुरक्षित र भरपर्दो ऊर्जा भविष्य निर्माण गर्न निरन्तर रूपमा अनुसन्धान, विकास र लगानीमा ध्यान दिइरहेका छौं । चीन नयाँ ऊर्जा क्षेत्रमा विश्व समुदायसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छ ।”
विश्वव्यापी रूपमा बढ्दो जलवायु संकट र ऊर्जा आवश्यकतालाई मध्यनजर राख्दै, चीनले ऊर्जा प्रविधिको क्षेत्रमा गरेको उल्लेखनीय प्रगति तथा प्रविधिगत स्वामित्वमा लिएको अग्रता विश्वकै लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे