
लन्डन । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौतीहरू समाधान गर्न सरकार, विश्वविद्यालय, समुदाय र विद्यार्थीबीच समन्वय अपरिहार्य रहेकोमा जोड दिइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली दूतावास, लन्डनसँगको सहकार्यमा आयोजना गरेको “द प्लग” कार्यक्रममा वक्ताहरूले विद्यार्थी कल्याणका लागि साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले दूतावास नेपाली विद्यार्थी तथा समुदायसँग निरन्तर सम्पर्कमा रही सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले समस्यामा परेका, विशेषगरी आवासविहीन भएका विद्यार्थीहरूलाई एनआरएनएको सहयोगमा स्वदेश फर्काउने काम गरिएको उल्लेख गर्नुभयो ।
दुवाडीले आकस्मिक अवस्थाका लागि विद्यार्थीहरूलाई जीवन बीमा आवश्यक रहेको औंल्याउँदै पढाइमा केन्द्रित हुन, समयमै शुल्क बुझाउन र सक्रिय रहन सुझाव दिनुभयो । साथै, अध्ययन पूरा गरी नेपाल फर्केर योगदान दिन पनि उहाँले आग्रह गर्नुभयो ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माले विदेश जाने विद्यार्थीहरूका लागि प्रस्थानपूर्व जानकारी, विदेशमा सहयोग प्रणाली र अध्ययनपछि रोजगारीमा सहजीकरणबारे पहल भइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा अनिवार्यजस्तै बनाउनुपर्ने सुझाव दिँदै विद्यार्थी काउन्सिलिङ कार्यक्रम सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा उद्यमी तथा विज्ञहरूले शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरणप्रति चिन्ता व्यक्त गर्दै शैक्षिक परामर्श संस्थाहरूलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट तथा अनुसन्धान डीन प्रा. पदम सिम्खडा, विद्यार्थी प्रतिनिधि प्रेष्टा खनाल, उद्यमी हरि कार्की, अक्सफोर्ड विश्वविद्यालयसँग सम्बद्ध प्रा. कृष्ण अधिकारी, ब्रिटेन–नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टन, कार्यक्रम संयोजक तथा एनआरएनए यूकेकी उपाध्यक्ष डा रक्षा थापा,एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीलगायतले धारणा राख्नुभएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते