
तनहुँ । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ ।
नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा ऋषिङ गाउँपालिका–१ झापुटारमा आयोजित सम्मेलन भोलि समापन हुनेछ ।
कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रवर्धन, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, कौराहासम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदानका साथै नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको सङ्घका अध्यक्ष नन्दु मगरले बताउनुभयो ।
कौराहा विशेषगरी ‘६ क’ सँग सम्बन्धित छ । कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने तथा नचाउने र वाद्यवादन यन्त्र कसरी बजाउने भन्ने आधारभूत पक्षबारे सम्मेलनमा सिकाइने छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी