
काठमाडौं । नेपाल मगर महिला संघको अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर सर्वसम्मत चयन हुनुभएको छ ।
संघको काठमाडौंमा यही चैत २७ र २८ मा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट चित्रकला श्रीसको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी वंशी (थापा), भाषिक उपाध्यक्ष (खाममाङ) त्रिपना बुढा मगर, भाषिक उपाध्यक्ष (काइके) फुर्वा ल्मामु रोकाय, सांस्कृतिक उपाध्यक्ष (अठार) विषमती बुढा, सांस्कृतिक उपाध्यक्ष () दुर्गादेवी राना मगर, महासचिव चन्दा थापा मगर, उपमहासचिव प्रितमकुमारी राना मगर, संगठन सचिव जुना राना मगर, सञ्चार सचिव रुपा आले थापा मगर, विदेश सचिव निलम थापा मगर, जनसम्पर्क सचिव केशकुमारी राना, प्रशासन सचिव कविता थापा मगर, कोषाध्यक्ष सुधार राना मगर, सहकोषाध्यक्ष कुमारी आले चयन हुनुभएको छ ।
सदस्यहरुमा कोशीबाट सविता कुमारी मगर, शिला खपाङ्गी मगर, रिता राना मगर चयन हुनुभयो । मधेशबाट भगवतीकुमारी पुलामी, सिमा लुंगेली, रुपाकुमारी राना चयन हुँदा बागमतीबाट बच्चुमाया सुनारी मगर, मायादेवी श्रीस मगर, सावित्री राना मगरले सदस्यको जिम्मेवारी पाउनुभएको छ ।
गण्डकीबाट नुनु राना मगर, नुनु माया थापा, विष्णुमाया राना मगर, लुम्बनीबाट नन्दाकुमारी बुढा, तारा पुन मगर, कमला पुन मगर र दालीमाया पुन मगर चयन भएको निर्वाचन समितिले जनाएको छ । कर्णालीबाट लीला सिंजापती र खगीसरा खाम्बा सदस्यमा छनोट हुनुभएको छ ।

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन