अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति

लन्डन । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ।

तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समयसीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गर्नुभएको हो । ट्रम्पले यदि आफ्ना मागहरू पूरा नभए ‘आज राति एउटा पूरै सभ्यता समाप्त’ भन्ने चेतावनी दिनुभएको थियो ।

यस युद्धविरामको मध्यस्थता पाकिस्तानका प्रधानमन्त्रीले गरेका हुन् र दुवै पक्षबीच आगामी शुक्रबारदेखि पाकिस्तानको इस्लामावादमा वार्ता सुरु हुनेछ। इरानी सरकारी सञ्चारमाध्यमले भने यसलाई ट्रम्पको ‘अपमानजनक पछाडि हटाइ’ भन्दै व्याख्या गर्नुभएको छ ।

ट्रम्पका अनुसार यो सम्झौता इरानले स्ट्रेट अफ होर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा लगाएको अवरोध हटाउने सर्तमा आधारित छ। इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि तेहरानले जवाफी हमलाहरू रोक्ने र होर्मुज जलमार्गमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनसभएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यो दुईतर्फी युद्धविराम भएको जानकारी दिँदै अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी गर्नुभएको छ । उहाँले इरानसँग दीर्घकालीन शान्तिका लागि निश्चित सम्झौताको नजिक पुगेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री