
काठमाडौं । नेपाल सरकारले अब हप्तामा शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाडी युद्धले पेट्रालियम पदार्थ आपूर्तिमा असहजता उत्पन्न भएपछि भोलि सोमबार चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदाको निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले डिजेल तथा पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
यस्तै बैठकले डिजिटल नेपाल ट्रान्सफमेसन प्रोजेक्टका लागि एसियाली बैंक र विश्व बैंकबाट प्रदान गर्ने ४० मिलियन अमेरिकन डलर र ५० मिलियन अमेरिकन डलर गरी ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गर्ने, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकर्त गर्ने लगायत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ बाट सुरु गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल