संसद्‌मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभाका सांसद रवि लामिछानेले ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार सम्बोधन गर्दै लामिछानेले नेपालमा लगानीको वातावरण बनेको भन्दै ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्ने बताउनुभएको हो ।

‘गैरआवासीय नेपालीलाई दाजुभाइ, दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु । नेपालमा केही गरौं । तपाईं नेपालको आर्थिक विकासमा जोडिनुहोस् । ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं,’ उहाँले भन्नुभयो, ‘नेपालको विकाससँग तपाईंको पुँजी,सीप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ हामी त्यही गर्छौं । जसरी पनि गर्छौं । तपाईंहरुको लगानी सुनिश्चित बनाउन र तपाईंहरुको सम्मान सुनिश्चित गर्नेछौं ।’

उहाँले थप्नुभयो, ‘नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ । किनकि राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शिता प्रशासनको हामी ग्यारेन्टी गर्छौं । प्राकृतिक स्रोत र युवा जनशक्तिको यो देशमा अभाव छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री