
काठमाडौं । एशोसिएसन अफ नेपाली ओरिजिन (ए.एन.ओ.)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसंग जोड्ने काममा सरकारले पहल गर्न ध्यानार्कषण गराएको छ ।
विश्वभर छरिएका नेपाली मुलका व्यक्तिहरुको संगठन ए.एन.ओको अन्तराष्ट्रिय प्रतिनिधि मण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटी ध्यानार्कषण पत्र बुझाएको हो । ए.एन.ओका अन्तराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशील पन्त, महासचिव चुढामणि भट्टराई, नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधि मण्डलले विश्वभर छरिएका पुस्तौ पुस्तामाथिका नेपाली मुलकाहरुलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा बेग्लै डेस्क खडा गर्न समेत माग गरेको छ । साथै पुर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै ७ हजार भुटानी शरणार्थीहरुको मानव अधिकार तथा मानविय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग पनि प्रतिनिधि मण्डलले गरेको छ ।
आफूहरुले नेपालभन्दा बाहिर नेपाली पहिचानको विस्तारमा सहयोग पुर्याइरहेको बताउँदै ए.एन.ओ.का अध्यक्ष डिल्ली अधिकारीले नेपाल सरकार सहयोगी बनेमा नेपालको बार्षिक बजेट भन्दा ठूलो लगानी नेपालमा ल्याउन सकिने बताउनु भयो । बरिष्ठ अधिबक्ता तथा एएनओका उपाध्यक्ष सुशीलकुमार पन्तले नेपालीमन र नेपाली पनलाई जोड्दै एएनओ अघि बढेको बताउंदै सरकारले यो बिषयलाई राष्ट्रहितका लागि गम्भीररुपमा लिन आग्रह पनि गर्नु भयो । महासचिव चुडामणि भट्टराईले ए.एन.ओ.को माग मुलतः राजनीतिक भन्दा पनि सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको बताउनुभयो ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै परराष्ट्र मन्त्री शर्माले ए.एन.ओ.का मागहरु नेपालकै पहिचान विस्तारमा सघाउने प्रकृतिको भएकाले सरोकारवाला निकाय राखेर छिट्टै बृहत वैठक गर्ने र निचोडमा पुग्ने आश्वासन दिनुभयो । उहाँले आफू सैनिक सेवामा रहंदा पुस्तौअघि वाहिरिएका नेपाली मूलका मानिसहरु भेट्ने अवसर पाएको अनुभव सुनाउंदै उहांहरुलाई पुर्ख्यौली देशसंग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मध्यपुर्वबाट नेपालीहरु उद्धार गर्ने कार्यमा पनि सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिनुभयो ।
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान