
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
महासंघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको उद्घाटन समारोह चैत ५ गते दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने जानकारी गराएको हो । उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । त्यसअघि सोही दिन बिहान काठमाडौंको भृकुटीमण्डपबाट आदिवासी जनजाति समुदायका विभिन्न जातीय पोशाक, सांस्कृतिक झाँकी, नाचगान तथा र्यालीसहितको नगर परिक्रमा गरिनेछ ।
महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ ।
महाधिवेशनको बन्द सत्र चैत ६ गते स्वयम्भू स्टार ब्याङ्केटमा हुने महासंघले जनाएको छ । बन्द सत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद् सदस्य, जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ ।
महाधिवेशनलाई सफल बनाउन महासंघले विभिन्न उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, खाद्य तथा आवास, आर्थिक व्यवस्थापन, लजिस्टिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् ।
११औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सबै सरोकारवालालाई व्यापक सहभागिताका लागि आग्रह गरेका छन् ।
२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय