
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
शुक्रबार सार्वजनिक मत परिणामअनुसार खनाल २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत, नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याउनुभयो ।
दोस्रो पटक निर्वाचित श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत, कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याउनुभयो भने एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याउनुभएको थियो ।
२०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो