
लन्डन । समाजसेवी तथा अभियन्ता रोजिना प्रधान राईले गैरआवासीय नेपाली संघ (एनआरएनए)को खुला उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुहुने भएको छ ।
आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने गैरआवासीय नेपाली संघको बृहत् एकताको १२ औं महाधिवेशनमा खुला उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने राईले बिहीबार जानकारी गराउनुभएको हो ।
‘अब मेरो दृढ संकल्प यही हो कि संघलाई अझ सशक्त, एकीकृत र उच्चतम् स्तरमा पुर्याउने काम निरन्तरता पाइयोस्र । एक पटकको नेपाली सधैंको नेपाली मात्र होइन विश्व भर छरिएका नेपालीको सन्तान सम्मानित नेपालीका रूपमा स्थापित गराउने र सुसंस्कृत र विकसित नेपाल बनाउने अभियानमा लाग्ने दृढता र प्रतिबद्धतासहित, म १२ औं महाधिवेशनमा खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै छु,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘यो कदम व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, संस्थाको दीर्घकालीन हित र समृद्धि प्रति मेरो प्रतिबद्धता हो । म यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोगको अपेक्षा गर्दछु ।’
उहाँ एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११औँ महाधिवेशनमा महिला उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । रोजिना सन् २००७ देखि निरन्तर विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्ने आउनुभएको छ ।
रोजीहिरा फाउण्डेशनकी अध्यक्षसमेत रहेकी राईले आफ्नो फाउण्डेशनमार्फत विभिन्न परोपकारी कार्य गर्दै आउनुभएको छ । विशेषगरी सन् २०१५ को महाभूकम्प, कोभिड–१९ महामारी, बाढी तथा पहिरोपीडित र अन्य आपतविपतका बेला उहाँले पटक–पटक आर्थिक तथा मानवीय सहयोग प्रदान गर्नुभएको थियो ।
बेलायतमा आयोजित विभिन्न सौन्दर्य तथा प्रतिभा प्रस्फुटन कार्यक्रमहरूमा निर्णायकको भूमिका निर्वाह गर्नुभएकी उहाँले नव नारी, टुडेज वुमन, खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राई यायोख्या बेलायत तथा गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियान नेपाललगायत विभिन्न संस्थाबाट सम्मान प्राप्त गर्नुभएको छ ।
एङ्लिया रस्किन युनिभर्सिटीबाट व्यवसाय प्रशासन (बिजनेस एडमिनिस्ट्रेशन)मा स्नातकोत्तर गरेकी राई वर्ल्ड नेवा अर्गनाइजेसन, खोटाङ सेवा समाज यूके र एनआरएनए यूकेलगायत संस्थामा सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ । नेपालमा हाइड्रोपावर, हिमालय जाभा, कफी खेती र होटल क्षेत्रमा लगानी गरेकी प्रधान सफल महिला उद्यमीसमेत हुनुहुन्छ ।
मी अहिले गैरआवासीय नेपाली संघ (NRNA) को १२ औं विश्व सम्मेलन तथा महाधिवेशनको ऐतिहासिक क्षणमा उभिएका छौं।
सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रका साथ स्थापना भएको यस संस्थामा सन् २००७ देखि निरन्तर विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्ने अवसर पाउनु मेरो लागि गर्वको कुरा हो। ११ औं महाधिवेशनबाट महिला उपाध्यक्षको रुपमा निर्वाचित हुनु केवल व्यक्तिगत उपलब्धि होइन, यहाँहरूबाट प्राप्त विश्वास र भरोसाको प्रत्यक्ष प्रमाण थियो।
संस्थाभित्र देखा परेका चुनौतीहरूलाई आत्मसात गर्दै, म सँधै बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा उभिएकी छु। महिला उपाध्यक्ष हुँदा केवल महिलाको मात्र नभएर लिङ्ग र समुदाय भन्दा माथि उठेर सस्था, नेपाली र नेपालका लागि काँधमा काँध मिलाएर हाम्रो अभियानलाई मजबूत बनाउन लागि परेको यहाँहरु लाई अगबत नै छ।अब मेरो दृढ संकल्प यही हो कि संघलाई अझ सशक्त, एकीकृत र उच्चतम स्तरमा पुर्याउने काम निरन्तरता पाइयोस्र ।एक पटकको नेपाली सधैको नेपाली मात्र होइन विश्व भर छरिएका नेपालीको सन्तान सम्मानित नेपाली का रूपमा स्थापित गराउने र सु संस्कृत र विकशित नेपाल बनाउने अभियानमा लाग्ने दृढता र प्रतिबद्धतासहित, म १२ औं महाधिवेशनमा खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै छु। यो कदम व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, संस्थाको दीर्घकालीन हित र समृद्धि प्रति मेरो प्रतिबद्धता हो।
म यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोगको अपेक्षा गर्दछु।
साथै, यो यात्रा हाम्रो साझा उत्तरदायित्व र सामूहिक प्रयासको प्रतीक हो।
सादर,
रोजिना प्रधान राई
उपाध्यक्ष (उम्मेदवार)
एनआरएनए आईसीसी
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा