
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।
फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने निर्वाचनका लागि तालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि फागुन २२ गते भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गरिसक्नुपर्ने छ ।
गैरआवासीय नेपाली संघको सचिवालयमा स्वयम उपस्थिति भएर वा इमलेमार्फत् उम्मेदवारी पेस गर्नेले प्रस्तावक र समर्थकसहित अनिवार्य उपस्थित भइ सनाखन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । फागुन २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गतेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध गर्न पाइने छ । २७ गते नै उम्मेदवारको मनोनयपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ । फागुन २७ गते नै उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
२८ गते उम्मेदवारले आफ्नो मनोनय पत्र फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाश हुनेछ । फागुन २८ गते नै अनलाइन माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई उम्मेदवारको अन्तिम नामाली उपलब्ध गराइने छ । २९ गते अनलाइनको नमुना निर्वाचन हुनेछ ।
फागुन ३० गतेदेखि चैत १ गतेसम्म नेपाल बाहिर अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि अनलाइन मतदान खुला रहेछन् । भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदान प्रयोजनको लागि नेपालभित्र होटल द सोल्टीमा चैत १ गते बिहान मतदान हुनेछ ।




एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने