
तनहुँ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।
यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका–५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका–४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो