
कास्की । पोखरामा यही फागुन २ गते २० औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथन हुने भएको छ । पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ भूतपूर्व खेलाडी मञ्चको आयोजनामा म्याराथन हुन लागेको हो । यस संस्करणमा २१ देशका ६० जना विदेशीसहित १५१ धावकले प्रतिस्पर्धा गर्ने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले म्याराथनअन्तर्गतका विभिन्न २१ विधामा कुल १० हजार धावक दौडिने र मुख्य विधा अन्तरराष्ट्रिय म्याराथनमा भने नेपालसहित भारत, केन्या, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, नाइजेरिया, बेल्जियमलगायत देशबाट गरी १५१ जनाले नाम दर्ता गराएको जानकारी दिनुभयो । विभिन्न विधामा प्रतिस्पर्धात्मक रूपमा तीन हजार ५०६ र ‘रन फर फन’मा छ हजार ७०० जना दौडिने उहाँले बताउनुभयो ।
यसैगरी म्याराथनकै ४५ वर्षभन्दा माथिको उमेर समूहमा २८ जना धावक सहभागी हुनेछन् । हाफ म्याराथन पुरुषतर्फ आठ विदेशीसहित १८८ जना, महिलातर्फ आठ विदेशीसहित १९० जना, ४५ वर्षभन्दा माथिको उमेर समूहमा एक विदेशीसहित २५ जनाले नाम दर्ता गराएको मञ्चका सचिव महेश पौडेलले बताउनुभयो ।
म्याराथनमा प्रथम हुनेले रु चार लाख, द्वितीयले रु दुई लाख, तृतीयले रु एक लाख, चौथो हुनेले रु ५० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने उहाँले जानकारी दिनुभयो । यसैगरी अन्य विधाका च्याम्पियनले समेत नगद पुरस्कार पाउने छन् । मञ्चले पुरस्कार राशिमा मात्र रु १९ लाख ८९ हजार खर्च हुने जनाएको छ ।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने