
लन्डन । यही २२ फेब्रुअरी आइतबार आशफोर्ड, केन्टमा मोर्गेज, सम्पत्ति व्यवस्थापन, संरक्षण तथा करसम्बन्धी एक जानकारीमूलक कार्यक्रम आयोजना गरिने भएको छ ।
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीको आयोजनामा मोर्गेजसम्बन्धी कार्यक्रम हुन लागेको हो । सेन्ट फ्रान्सिस चर्च (बिहीबारे) मा दिउँसो २ बजेपछि सुरु हुने सेमिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्ना प्रस्तुति दिनेछन् ।
कार्यक्रममा ए-स्टार मोर्गेजेजका मोर्गेज तथा प्रोटेक्शन एडभाइजर रमेश सराङकोटीले इंगल्याण्डमा अहिले मोर्गेज बजारको अवस्था, निजी तथा कम्पनीहरुले प्रपर्टी किनेर भाडामा लगाउनेसम्बन्धी नियम, रेन्टल ग्यारेन्टी तथा कन्टेन्ट बीम लगायतका विषयमा जानकारी दिनुहुनेछ ।
त्यस्तै नर्वुड आशफोर्डका कोलिन र पेसेंसले घर भाडामा बस्ने मानिसहरुको हक, घरधनीले पूरा गर्नुपर्ने कम्प्लायन्स लगायतका विषयमा जानकारी दिनुहुनेछ ।
वरिष्ठ एकाउन्टेन्ट सचिन श्रेष्ठले अनलाइनबाट ट्याक्स फाइल गर्नु पर्ने नयाँ नियमबारे र उद्यमी जनक राईले आफ्नो घरमा रहेका बहुमूल्य सामग्रीको सुरक्षाबारे प्रस्तुति दिनुहुने आयोजकले जनाएको छ ।
स्थानीय नेपाली तथा गोर्खा समुदायलाई जानकारी दिने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित भएर आफ्ना कुनै जिज्ञासाहरु भए राख्न आयोजकले आग्रह गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो