
बेइजिङ । बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताउनुभयो । दुवै नेताबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेट भएको हो । बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो । आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री स्टार्मर नै हुनुहुन्छ ।
राष्ट्रपति सीले विगतका वर्षहरूमा सम्बन्धमा अवरोध आएको स्वीकार गर्दै वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता र सहकार्य सुदृढ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सुरक्षा र मानव अधिकारसम्बन्धी चिन्ताबीच चीनसँग संवाद अघि बढाउन स्टार्मरले सामना गर्नुपरेको आलोचनालाई पनि सङ्केत गर्नुभयो ।
प्रधानमन्त्री स्टार्मरले चीनसँग कूटनीतिक संवाद र आर्थिक सहकार्य कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने नीति अपनाएको स्पष्ट पार्नुभयो । उहाँले सरकारमा आएपछि बेलायतलाई अन्तर्राष्ट्रिय रूपमा पुनः सक्रिय बनाउने वाचा गरेको स्मरण गराउँदै विदेशमा हुने घटनाले घरेलु अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
आर्थिक वृद्धि र जीवनयापन लागतको दबाब सामना गरिरहेको बेलायती सरकारले चीनमा व्यापारिक अवसर विस्तार गर्न खोजेको छ । यसै क्रममा स्टार्मरको भ्रमणमा ५० भन्दा बढी शीर्ष व्यापारीहरू सहभागी भएका छन् ।
ट्रम्पको नेतृत्वमा विश्वव्यापी व्यापारमा आएको अवरोधका कारण धेरै मुलुक नयाँ साझेदारी खोज्न सक्रिय बनेका छन् । यसै सन्दर्भमा स्टार्मर दक्षिण कोरिया, क्यानाडा र फिनल्यान्डपछि यस महिना बेइजिङ भ्रमण गर्ने चौथो अमेरिकी सहयोगी देशका नेता हुनुहुन्छ । उहाँले बिहीबार चीनको राष्ट्रिय जन काङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नुभएको छ । दुवै देशले विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला