
लन्डन । ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन हुनुभएको छ । संस्थाको सोमबार भएको १३औँ अधिवेशनले कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष रामप्रसाद कँडेल एनआरएनए यूकेका वर्तमान उपाध्यक्ष हुनुहुनु्छ । उनीसँग विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव छ ।
उपाध्यक्षमा साजना गैरे र नरिश्वर खराल, सचिवमा शिवकान्त खराल, सहसचिवमा अन्जु न्यौपाने, कोषाध्यक्षमा कृष्ण सापकोटा र सहकोषाध्यक्षमा चक्रप्रसाद जोशी चयन हुनुभयो । सदस्यहरुमा सूर्य पौड्याल, पूर्ण कँडेल, पर्शुराम भण्डारी, गोविन्द देवकोटा, गोकर्ण खड्का र राजेश भट्ट रहनुभएको छ ।
निर्वाचन समितिमा कृष्ण देवकोटा संयोजक, डिलाराम गैरे सहसंयोजक र मीन खरेल सदस्य रहनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष कँडेलले स्कटल्यान्ड तथा बेलायतभरका सामाजिक तथा धार्मिक संघ–संस्थासँग सहकार्य गर्दै स्कटल्यान्डमा बसोवास गर्ने नेपाली समुदायबीचको भ्रातृत्व, सद्भाव र एकतालाई अझ मजबुद बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अध्यक्ष कँडेलले निवर्तमान अध्यक्ष छविलाल अर्यालसहित सिंगो कार्यसमितिलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’