
गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको छ ।
गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिनुभयो । उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ ।
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ