झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई

लन्डन । झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
आइतबार ११ जनवरी २०२५ भएको समाज यूकेको साधारणसभाले टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षत्रयमा गुरु इजम, लोकनाथ अधिकारी, भूपाल कार्की, महासचिव देवीप्रसाद गौतम, सचिव गौरव कन्दङ्वा, कोषाध्यक्ष – छवि कार्की र सहकोषाध्यक्ष कृष्ण फेम्बो चयन हुनु भएको छ ।
सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिम्खडा, एल.एन. घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं चुनिनु भएको निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल आगामी दुई वर्षका लागि रहनेछ । त्यस्तै पूर्व काउन्सिलर धन गुरुङ, पूर्व अध्यक्ष अर्कराज तिम्सिना र झापाली समाज आइसिसीका संस्थापक उपाध्यक्ष ललित न्यौपानेलाई संरक्षकमा चयन गरिएको छ ।

साधारणसभामा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल तथा कार्यक्रमका अध्यक्षता निवर्तमान अध्यक्ष अर्क तिम्सिनाले गर्नुभएको थियो भने संचालन ललित न्यौपानेले गर्नुभएको थियो । नव कार्यसमितिले आगामी दुई वर्षमा समाजका कार्यक्रम, सदस्यता व्यवस्थापन र सामाजिक गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री