नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । “विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो, ५१ यात्रु र चार चालक दलका सदस्य सबै सकुशल छन्”, उहाँले भन्नुभयो ।

शुक्रबार साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९:४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री