
लन्डन । बेलायतस्थित कम्पनी, ए स्टार मोर्गेजेजले चर्चित टीभी प्रस्तोता टिकाराम यात्रीलाई आफ्नो कम्पनीको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त गरेको छ ।
पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टिकाराम यात्रीले एक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्नुभएको हो ।
“नेपालका चर्चित टीभी पत्रकार तथा संचारकर्मी टिकाराम यात्रीलाई हाम्रो कम्पनीको ब्रान्ड एम्बास्डर’ नियुक्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । हामी उहाँको व्यक्तित्व, शालीनता र व्यावसायिकताको प्रशंसा गर्दछौं र उहाँसंग सहकार्य गर्न पाउँदा उत्साहित छौं,” ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले भन्नुभयो ।
पत्रकार यात्रीले बेलायतस्थित नेपाली व्यवसायीले प्रवर्द्धन गरेको प्रतिष्ठित कम्पनी ए स्टार मोर्गेजेजसंग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आफूलाई यो जिम्मेवारी दिएकोमा ए स्टार मोर्गेजेजलाई धन्यवाद दिनुभयो । “अहिले संसार विश्व ग्राम (ग्लोबल भिलेज) बन्दै गएको छ । नेपाल बाहिर प्रवासी नेपालीहरुले गरेको प्रगति हाम्रो लागि पनि गौरवको कुरा हो । तपाईंको प्रगतिमा साझेदारी गर्न हामी सधै तत्पर छौं,” उहाँले भन्नुभयो ।
ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्षदेखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छापत्र र एस्टेट प्लानिंग सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएको छ । साथै, ए स्टार मोर्गेजेजले रि – फाइनान्सिंग, बाइ -टु-लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ ।
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला